Our Blog

blog img - माहा सचिब IDEA NEPAL , श्याम श्रेष्ठ

आफ्नै भनाइ

नेपालमा लिच्छविकालीन समयमा बनेका भव्य दरवारहरुको निर्माण कार्य मौलाउनुका साथै अांशिक रुपले मल्लकालमा आएर दरबारिया वास्तुकला र मठ मन्दिरका काष्ठ, प्रस्तरकला मौलिक रुपले मौलाएको देख्न पाइन्छ । पछि राणा र शाहकालीन समयमा दरवार र ठुला ठुला होटल, रेस्टोरेण्ट एंव भवनहरु लगायत व्यापारिक प्रतिष्ठान तथा शोरुमहरुमा पाश्चात्य आन्तरिक सज्जा र श्रृङ्गारले आधुनिक शीप, प्रविधि र सामग्रीको यथेष्ट प्रयोग भएको पाइन्छ ।
हाल नेपालमा इन्टेरियर डिजाइनको विधिवत् विदेशबाट अध्ययन गरेर आउने प्रचलन तीन–चार दशक देखि मात्र थालनी भएको हो भन्न सकिन्छ । करिब दुई दशक देखि नेपालमै स्थापित शिक्षण÷प्रशिक्षण संस्थाहरुबाट पनि यथेष्ट मात्रामा स्तरीय जनशक्ति उत्पादन भइरहेका छन् । तर, आपसी अन्तर सम्बन्ध, कार्यगत एकता र समन्वय तथा संस्थागत ऐक्यबद्धताको अभाव तथा अपेक्षाकृत प्रचार–प्रसार हुन नसक्दा बाहिरी तथा अन्य विधा र क्षेत्रका व्यक्तिहरुले यसको भरमग्दूर फाइदा उठाइ रहेका छन् । यो हाम्रो र साथै सरोकारवाला सबै निकायको कमी कमजोरी नै हो भन्न सकिन्छ ।
यिनै विषयवस्तु र परिस्थिति उपर मध्येनजर गरेर केही अग्रज तथा जुझारु डिजाइनरहरुले पेशागत हकहित, आपसी सौहार्दता र व्यावसायिक समझदारी बढाउने उद्देश्यले २०५६ साल देखि नै संगठित हुन प्रयास गरे अनुसार एउटा राष्ट्रिय स्वरुपको संस्या गठन गर्ने सन्दर्भमा २०६० भाद्र २० गते तदर्य समिति तथा २०६० साल मंसिर १ गते जि.प्र.का ललितपुरमा दर्ता गरिएको थियो ।
२०७६ जेठ १८ मा नवगठित कार्यसमितिको सक्रियतामा यस संधले हाल छरिएर रहेका समस्त इन्टेरिएर डिजाइनरहरुलाई सदस्यता अभिवृद्धि गर्ने अभियान मार्फत सकेसम्म सबैलाई समेटेर अघि बढ्ने रणनीति बनाएको छ । हाल नेपालमा २५०० देखि ३००० जति इन्टेरिएर डिजाइनर्सहरु प्रशिक्षित भएर स्वंतन्त्र रुपले कार्यरत रहेको अनुमान गरिन्छ । करिब २०० जतिले एसोसिएशनको सदस्यता लिइसकेका छन् । हालै यस संस्थाले ब्कष्ब एभअषष्अ क्उबअभ म्भकष्नलभच बककयअष्बतष्यल ९ब्एक्म्ब्० को सदस्यता पनि लिएको छ । उक्त संस्थाको कार्यकारी सदस्य समेत बनेकोले क्ष्म्भ्ब् ल्भउब ि को गरिमा समेत अभिबृद्धि भएको छ ।
न्युनतम् लागतमा बृहत् र योजनाबद्ध रुपले घर–परिशर तथा कोठाहरको अन्तरिक सौन्दर्य समेत झल्कने गरी संयोजन गर्नुका साथै यस कार्यमा आवश्यक पर्ने समस्त सरसामानहरुको समूचित मूल्य, दिगोपना, समय सापेक्ष सर–सामानहरुको छनौट, रंग रोगनहरुको चयन, फर्निचर तथा फर्निसिङ्गका सामग्रीहको संयोजन आदि सके सम्म राम्रो, टिकाऊ, सुलभ मूल्य र साथै सुहाउँदो समेत हुनु पर्ने भएकाले बजारमा पाइने उत्कृष्टतम् सरसामानहरुको प्रवद्र्धनात्मक कार्यमा समेत इन्टेरिएर डिजाइनरहरुले सक्रिय भूमिका निर्वाह गरिआएका छन् ।
पेशागत हकहित तथा अधिकार एंव सरोकारवाला निकाय समक्ष सम्मानजनक जीवनयापनका लागि अग्रसर हुन पहल पैरवी गरिन्दै छ । वास्तवमा यो संघ हामी सबैको सर्वोच्च छाता संगठन पनि हो । यस संस्थाले सहयोगी, सम्बद्र्धक र संरक्षक हुनुका साथै समय सापेक्ष कार्यसम्पालन गर्न ज्ञान र शीपलाई अनुभव मार्फत जानकारी दिलाउन, विशेष अध्ययन, सन्दर्भ पुस्तकालय, विषय विद्हरुको प्रवचन गोष्ठी सेमिनार एंव अन्तरक्रियात्मक कार्यक्रम गर्नुकासाथै सामग्री तथा प्रविधिहरुको प्रदर्शनी लगायत देश तथा विदेशमा पेशागत व्यावसायिक भ्रमणको व्यवस्था गर्नुका साथै वर्तमान परिपे्रक्ष्यमा यस पेशासित आवद्ध व्यक्तिहरुको देशमा आफ्नो छुट्टै पहिचान बनाउन समस्त सरकारी तथा सरोकारवाला संघसंस्था तथा निकायहरुसंग पहल गर्ने प्रतिबद्धता समेत जनाउँदछ ।
सीमित साधन स्रोतका बावजुद यसले आफ्नो सुकुमबासीपनलाई परित्याग गरेर स्थायित्व प्रति अग्रसर हुन ललितपुरको पुल्चोकमा एउटा स्थायी सम्पर्क कार्यालय खोल्न पाउनु पनि हाम्रो अहोभाग्य हो । यस पुनित कार्यमा समस्त सरोकारवाला निकायहरुको साथसहयोगबाट उत्कृष्टतम् सहकार्य गर्न सकिने छ भन्ने कुरामा हामी विश्वस्त पनि छौं ।

© 2024, Idea Nepal, All Right Reserved
Designed and Developed with by Theme Nepal