Off-site Meeting (8th Asad,2080)

आइडिया नेपाल द्धारा आयोजित
IDEA WORKSHOP
“इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपालले आफ्नो त्रिवर्षीय नीतिगत कार्ययोजना तयार पार्र्न २०८० आषाढ ८ गते का दिन गोदावरी भिलेज रिर्सोटमा एक दिवसीय (ंक्ष्म्भ्ब् ध्इच्प्क्ज्इए) सफलता पूर्वक सम्पन्न गरिएको थियो । उक्त कार्यशालामा नव निर्वाचित अध्यक्ष, श्याम श्रेष्ठको नेतृत्वमा गठित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, उपसमितिका सदस्यहरु तथा सल्लाहकार समेतको सक्रिय सहभागितामा विभिन्न उपसमितिहरुबाट बार्षिक कार्ययोजनाहरु प्रस्तुत गरिएको थियो । कार्ययोजनाहरु उपर छलफल एवं सरसल्लाह गरेर परिमार्जित रुपरेखालाई सुव्यवस्थित तरिकाले कार्यन्वयन गर्न गराउन सहज हुने ठम्याई गरिएको छ । यस प्रकार वार्षिक क्यालेण्डर तयार पार्न सन्र्दभमा कार्यन्वयन गर्ने आवश्यक पर्ने स्रोतसाधनहरुको समेत संभावित आकलन गरिएको थियो ।
यस प्रकार नेपालमा हाल करिब तीन हजार भन्दा बढि इन्टेरियर डिजाइनरहरु विगतका तीन दशक देखि आन्त्रिक सज्जा कला सम्बन्धी कार्यमा संलग्न रहेका छन् । विद्यमान समयमा पेशागत हकहितकालागि पहिचान संरक्षण तथा विकाश तिरवाट साथै पहल पैरवी गरेर आत्मा सम्मानको साथ काम गरेर जीवनयापन माग नभएर मूलूकको सामाजिक बसोबास तथा व्यावसाहिक परिवेशसमेतलाई कलात्मकरुपले आन्तरिक साज सज्जा गर्न पूनित अकांक्षा रहेको आइडिया नेपालले जनाएको छ ।
यस प्रकारको कार्यशाला गोष्ठी बाट निक्र्यौल गरिएका दिशा निर्देशबाट आगामी कार्ययोजनाहरु सुव्यवास्थित तरिकाले संचालन एवं कार्यान्वयन गर्न सरोकारवाला मन्त्रालय, विभाग, संघ संस्था तथा व्यापारिक प्रतिष्ठान एंव भेण्डरहरु समेतको सहकार्य र सौहार्दपूर्ण सहयोगको आवश्यकता पर्दछ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल बिच अन्तरक्रिया कार्यक्रम

© 2024, Idea Nepal, All Right Reserved
Designed and Developed with by Theme Nepal