IDEA Workshop (8th Asad,2080)

आइडिया नेपाल द्धारा आयोजित IDEA WORKSHOP “इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपालले आफ्नो त्रिवर्षीय नीतिगत कार्ययोजना तयार पार्र्न २०८० आषाढ ८ गते का दिन गोदावरी भिलेज रिर्सोटमा एक दिवसीय (IDEA WORKSHOP) सफलता पूर्वक सम्पन्न गरिएको थियो । उक्त कार्यशालामा नव निर्वाचित अध्यक्ष, श्याम श्रेष्ठको नेतृत्वमा गठित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, उपसमितिका सदस्यहरु तथा सल्लाहकार समेतको सक्रिय सहभागितामा विभिन्न उपसमितिहरुबाट बार्षिक कार्ययोजनाहरु प्रस्तुत गरिएको थियो । कार्ययोजनाहरु उपर छलफल एवं सरसल्लाह गरेर परिमार्जित रुपरेखालाई सुव्यवस्थित तरिकाले कार्यन्वयन गर्न गराउन सहज हुने ठम्याई गरिएको छ । यस प्रकार वार्षिक क्यालेण्डर तयार पार्न सन्र्दभमा कार्यन्वयन गर्ने आवश्यक पर्ने स्रोतसाधनहरुको समेत संभावित आकलन गरिएको थियो ।
यस प्रकार नेपालमा हाल करिब तीन हजार भन्दा बढि इन्टेरियर डिजाइनरहरु विगतका तीन दशक देखि आन्त्रिक सज्जा कला सम्बन्धी कार्यमा संलग्न रहेका छन् । विद्यमान समयमा पेशागत हकहितकालागि पहिचान संरक्षण तथा विकाश तिरवाट साथै पहल पैरवी गरेर आत्मा सम्मानको साथ काम गरेर जीवनयापन माग नभएर मूलूकको सामाजिक बसोबास तथा व्यावसाहिक परिवेशसमेतलाई कलात्मकरुपले आन्तरिक साज सज्जा गर्न पूनित अकांक्षा रहेको आइडिया नेपालले जनाएको छ ।
यस प्रकारको कार्यशाला गोष्ठी बाट निक्र्यौल गरिएका दिशा निर्देशबाट आगामी कार्ययोजनाहरु सुव्यवास्थित तरिकाले संचालन एवं कार्यान्वयन गर्न सरोकारवाला मन्त्रालय, विभाग, संघ संस्था तथा व्यापारिक प्रतिष्ठान एंव भेण्डरहरु समेतको सहकार्य र सौहार्दपूर्ण सहयोगको आवश्यकता पर्दछ ।

In-House Product workshop (Brilliant Nepal & Greenlam Laminates Nepal)

Very fruitful and interactive program happened today at IDEA office. Kudos to all the participated IDEA members for your time and patience. We would like to thank Brilliant lights and Greenlam Laminates for trusting us and showcasing your products. We are hopeful and very excited to build up interior designers and vendor relationships to its excel. #interiordesignersnepal #ideanepal #greenlamlaminates #brilliantlight

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल बिच अन्तरक्रिया कार्यक्रम ‘आन्तरिक सज्जा कलाको महत्व र आवश्वकता’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘आन्तरिक सज्जा कलाको महत्व र आवश्वकता’ विषयमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली हुनुहुन्थ्यो । त्यस्तै, कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, प्राज्ञ सभा सदस्य नरेन्द्रप्रसाद भण्डारी तथा आइडिया नेपालका पदाधिकारीहको सहभागिता रहेको थियो । कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमको उद्घाटन गरेपश्चात् बोल्दै आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले भन्नुभयो, ‘अपनत्वको लागि केटाकेटी मावली जानेभन्दा उमंगीत हुन्छन् । हामीलाई पनि त्यस्तै भएको छ । भाञ्जाभाञ्जी मावली आएका छन् । खुसी भएका छन् ।’ वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले इन्टेरियर डिजाइनर्स र आर्टिस्ट एउटै खाले भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले आफूलाई इन्ेटेरियर डिजाइनर्स भन्नुहुन्छ । हामीले आर्टिस्ट भन्छौं । तर वास्तवमा हामी सबै आर्टिस्ट हौं । हामी सेम सेम छौं । तपाईहरु आउनुभयो, एकदमै खुसी लागेको छ ।’
आइडिया नेपालका महासचिव रामगोपाल तण्डुकारले कार्यक्रममा पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत आइडिया नेपाल स्थापना, यसको पृष्ठभूमि, उद्देश्य तथा कामका बारेमा बताउनुभयो । उहाँले आइडिया नेपालले छाता संगठनको रुपमा देशभर छरिएर रहेका इन्टेरियर डिजाइनरहरुलाई एकत्रित गर्ने, उनीहरुको हकहितका बारेमा बोल्ने तथा समाज र देशसँग मिलेर राष्ट्रनिर्माण कसरी सहयोग गर्न सकिन्छ भनेर काम गरिरहेको जानकारी गराउनुभयो ।
आइडिया नेपालकी सचिव अमृता श्रेष्ठले आन्तरिक सज्जा कला पौराणिक कालदेखि आएको कला बताउँदै उहाँले यसलाई वास्तुकलाको एकाइको रुपमा मान्न सकिने धारणा राख्नुभयो । उहाँले यसमा विज्ञान र कलालाई फ्युजन गरेर अघि बढ्न जरुरी भएको बताउनुभयो । घरको महत्व बढाउन, समय र पैसा सुरक्षित गर्न, आफ्नो व्यक्तित्व अनुसार घरको साजसज्जा गर्न लगायतका विविध पक्षहरुबारे ध्यान दिन इन्टेरियर डिजाइनको महत्व रहेको बताउनुभयो ।
आइडिया नेपालकी सदस्य स्मृति रेग्मीले आफूहरुले क्लाइन्टसँग मिलेर काम गरिरहेता पनि आगामी दिनमा ललितकलासँग मिलेर कसरी काम गर्न सकिन्छ भनेर पनि सोच्नुपर्ने बताउनुभयो । उहाँले इन्टेरियर डिजाइनर पनि एउटा कलाकार भएको बताउँदै आफूहरुले भ्रमण, नाप, छलफल लगायतका विभिन्न चरणहरु पार गरेर इन्टेरियर डिजाइनिङको काम गर्ने धारणा राख्नुभयो ।
इन्टेरियर डिजाइनर सपना सापकोटाले अहिले आन्तरिक कला र प्राविधिक कलाको संयोजनबाटै अघि बढ्नुपर्ने अवस्था रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘कला भन्नु नै सौन्दर्य हो । सौन्दर्यताले नै सुन्दरता थप्छ । सुन्दरता सबैलाई मनपर्छ । प्रविधिले यसलाई चम्काउन मद्दत गर्छ ।’ इन्टेरियर डिजाइनिङको क्षेत्रमा प्रविधिको उपयोग धेरै भएको बताउँदै उहाँले सबै कुरा कन्टेम्पोररीभन्दा पनि हामीले ट्रेडिसनल कलाको कुरा पनि समेट्न जरुरी रहेको धारणा राख्नुभयो ।
विषयगत जानकारी गराउने क्रममा आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले इन्टेरियर डिजाइनिङको विधाको महत्व र आवश्यकता अहिले बढ्दै गएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारको त्यत्रो घर बनिरहेको हुन्छ । के इन्टेरियर डिजाइनरहरुको काम त्यहाँ पर्दैन त ? सिभिल इन्जिनियर, आर्किटेक्ट मात्र होइन बीचमा इन्टेरियर डिजाइनर पनि हुन्छ भन्ने ध्यान दिनु आवश्यक छ । हामीले कम खर्च, कम लागत, सीमित स्पेसमा पनि राम्रो गर्न सक्छौं भनेर भन्नुपर्ने भएको छ ।’ इन्टेरियर डिजाइनरको आवश्यकता र महत्व दर्शाउन पनि यस कार्यक्रम महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले इन्टेरियर डिजाइनरहरु ललितकला प्रतिष्ठानमा आएकोमा आभार व्यक्त गर्दै उहाँहरुको विषयलाई कसरी अघि लाने, यसको विकास र प्रबद्र्धन कसरी गर्ने भन्ने नै यस कार्यक्रमको उद्देश्य भएको बताउनुभयो । उहाँले इन्टेरियर डिजाइनरहरुले पालिका, प्रदेशसँग संघ सरकारसँग समन्वय गरेर नीतिगत तहमै छलफल गरेर अघि बढ्दा त्यसले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘ यसको महत्वलाई तलैसम्म लान सकिन्छ । रैथाने ज्ञानलाई पनि अहिलेको ज्ञानसँग मिलाएर लान सकेमा हामीलाई पनि राम्रो हुन्छ र पर्यटकलाई पनि आकर्षित गर्न सकिन्छ । हामीहरु नयाँ नयाँलाई मिलेर काम गर्ने उत्प्रेरणा दिएको छ । हामी नियमित ढंगमा जोडिने छौं ।’
कार्यक्रममा भिडियो सन्देशबाट जोडिनुभएकी इन्टेरियर डिजाइनर कीर्ति श्रेष्ठ उपाध्यायले ललितकलामा धेरै विधा पर्ने र त्यसमध्ये आन्तरिक सजावट पनि एउटा कला भएको बताउनुभयो । उहाँले यसमा इतिहास, संस्कृति, वातावरण विज्ञान लगायतका सबै विषय जोडिएको बताउनुभयो । ‘एकातिर विज्ञान पर्छ । एकातिर कला पर्छ । यो एउटा अनुशासनको विषय पनि हो । अहिले इन्टेरियर डिजाइनलाई पाठ्यक्रममा पनि समेट्न थालिएको छ’, उपाध्यायले भन्नुभयो । कलाले सबै वर्गलाई समेट्ने भन्दै उहाँले कला र कलाकारविनाको संसार कल्पना पनि गर्न नसकिने धारणा राख्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आफूहरु आगामी दिनमा इन्टेरियर डिजाइनरसँग गुणात्मक रुपमा नै सहभागी हुने बताउनुभयो । उहाँले इन्टेरियर डिजाइनरलाई समेटेर अघि बढ्न आफूले प्राज्ञसभामा समेत छलफल गर्ने कुरा पनि जोड दिनुभयो । इन्टेरियर डिजाइनरहरुका कलालाई प्रतिस्पर्धा गराइ त्यसबाट छानिएका उत्कृष्ट कलालाई प्रतिष्ठानले पार्क, होटल, घरमा, सरकारी कार्यालयमा राख्नुपर्छ भनेर सिफारिस गर्नसक्ने बताउनुभयो । ‘हामी आभारी छौं । आगामी दिनमा पनि तपाईहरुसँग बस्नेछौं’, उहाँले थप्नुभयो ।
कार्यक्रमको समापनमा बोल्दै आइडिया नेपालकी उपाध्यक्ष उषा रायमाझीले इन्टेरियर डिजाइनरको पेशागत पहिचान र हकहितको लागि पैरवी गर्ने आफ्नो संस्थाले आजको कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा प्रतिष्ठानले आफूहरुलाई पनि प्रोत्साहन र संरक्षण गरेर अघि बढाउन सहयोग गर्ने आशासमेत व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन भने जंग पहाडीबाट भएको थियो ।
CC: Nepal Academy of Fine arts

19th AGM

इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपालको मिति २०७९ चैत्र २५ गते, अर्पण बैक्वेट, नयाँ बानेश्वरमा सम्पन्न भएको १९ औं साधारण सभा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली ज्यूको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भयो । नेपालका सम्पूर्ण इन्टेरियर डिजाइनरहरुको छाता संगठनको नयाँ नेतृत्व श्याम बहादुर श्रेष्ठको अध्यक्षताका ९ सदस्यीय कार्यसमितिको सर्व सम्मतिले गठन गरिएको छ । जसमा उपाध्यक्ष उषा रायमाझी, महाचिव राम गोपाल तण्डुकार, कोषाध्यक्ष सुशिल शिवाकोटी, सचिव अमृता श्रेष्ठ तथा सदस्यहरुमा विकास बाशुकला, रितेश श्रेष्ठ, सशोभित रंजितकार तथा स्मृति रेग्मी निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वले आगामी दिनमा इन्टेरियर डिजाइनरहरुका पेशागत हकहित तथा पहिचान एवं प्रवद्र्घनका लागि समस्त सरोकारवाला निकायहरु संग हातेमालो गरेर अघि

बद् ने प्रतिबद्ता समेत जाहेर गरेको छ ।

Professional Development Program

नेपालका इन्तेरिएर डिजाइनरहरुको छाता संगठन इन्तेरिएर डिजाइनरस एशोसिएसन अफ नेपाल (आइडिया नेपाल) ले मिति २०७९ पौष २३ गते एक कार्यक्रम आयोजना गरेर त्यस संस्थामा आजीवन सदस्यका रुपमा आबद्ध एवं इन्तेरिएर डिजाइन क्षेत्रमा लामो समय देखि संग्लन ४४ जना इन्तेरिएर डिजाइनरहरुलाइ सम्मान प्रदान गरेको छ। संस्थाले आज डिजाइनरहरुको पेशागत र उद्यमशीलता अभिबृध्दि गर्ने उदेश्यले Professional Development Program पनि आयोजन गरेको छ। सोहि समारोहमा बरिस्ठ बैंकर श्री मनोज न्यौपानेले Professional Entrepreneurship र संस्थाका अध्यक्ष श्रीमती बिन्द्रा कछिपति प्रधानले Joint Venture व्यवसायको अवधारणा सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा प्रस्तुतिकरण दिएका थिए । Asian Paint Nepal ले मुख्य प्रायोजकका रुपमा कार्यक्रम आयोजना गर्न संस्थालाइ सहयोग गरेका हुन् । बि स २०६० साल मंसीरमा स्थापना भएको आइडिया नेपाल देशका इन्तेरिएर डिजाइनरहरु क्षमता वृद्धि र डिजाइन उद्योगको प्रगतिको निम्ति प्रयत्नरत छ ।

18th AGM 2078

“Indeed Interior design is, directly and indirectly, related to organized living, people lifestyle, civilization as well as productivity of any workplace”
We successfully concluded the AGM of IDEA Nepal today. Thanks to of Honorable Ms. Raamkumaari Jhankri, Minister, Ministry of Urban Development and Planning for her graceful presence and kind words.
We are delighted to honor Mr. Rabindra Puri, a renowned designer for his contribution to the Nepalese Design sector. Thanks to popular artiest Mr. Mukesh Malla, FHAN President Mr. Surendra Bhai Shakya, Ms. Madhura Karki, Founder President of IDEA Nepal.
Big thanks to Mr. Keat Ong, President of – Asia Pacific Space Designers Association for his inspiring congratulatory message.
Thanks to Team IDEA and all the designers for making the program successful.
TOGETHER WITH ALL THE INTERIOR DESIGNERS
2078/09/24
© 2024, Idea Nepal, All Right Reserved
Designed and Developed with by Theme Nepal